Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/१९ गते
    २०२ पटक

    भारतको कानपुरमा कुख्यात अपराधी विकास दुबेलाई पक्राउ गर्न जाँदा डीएसपीसहित ८ भारतीय प्रहरी मारिए। आपराधिक समूहले अन्धाधुन्द हानेको गोली लागेर अन्य ७ प्रहरी पनि गम्भीर घाइते भए।

    भारतीय सञ्चारमाध्यमका अनुुसार मारिनेमा बिल्हौर प्रहरी अधिकृत देवेन्द्र मिश्र र एसओ शिवराजपुर महेश यादव पनि छन्। विकास दुबेविरुद्ध अपराधको आरोप मात्र होइन, दर्जनौं मुद्दा नै दर्ता भएका छन्। उनको पहुँच राजनीतिक दलसम्म छ।

    विकास दुबेरुद्ध कानपुरको चौबेपुर प्रहरी चाैकीमा ६० मुद्दा परेका छन्। जसमा हत्या/हत्या प्रयासजस्ता गम्भीर अपराधका मुद्दा छन्।

    कानपुरका प्रहरी महानिरीक्षक मोहित अग्रवालले बीबीसीलाई बताएअनुसार दुबेलाई प्रक्राउ गर्न जानाको कारण पनि हत्या मुद्दामा उनको नाम मुछिएको छ।

    चौबेपुर प्रहरी चौकीमा मुद्दा परेका आधारमा भन्न सकिन्छ कि विकास दुबे ३ दशकदेखि अपराधमा संलग्न छन्। त्यस क्रममा उनी धेरैपटक पक्राउ त परे, तर अहिलेसम्म उनलाई कुनै सजाय दिन सकिएको छैन।

    कानपुरका स्थानीय पत्रकार प्रवीण मेहता भन्छन्, ‘सन् २००१ मा दुबेविरुद्ध प्रहरी चौकीभित्रै पसेर बीजेपीबाट राज्यमन्त्री सन्तोष शुक्लाको हत्या गरेको आरोप लाग्यो। त्यो हत्या एउटा हाई प्रोफाइल हत्या थियो। यति ठूलो अपराधमा पनि प्रहरीले दुबेविरुद्ध बयान दिन सकेन। अदालतमा उनीविरुद्ध कुनै प्रमाण पेस गर्न सकिएन, जसले गर्दा उनी रिहा भए।’

    यसबाहेक सन् २००० मा कानपुरकै शिवली थाना क्षेत्रस्थित ताराचन्द इन्टर कलेजका सहायक प्रबन्धक सिद्देश्वर पाण्डेयको हत्यामा पनि दुबेको नाम जोडिएको थियो।

    प्रहरी चौकीमा दर्ता उजुरीअनुसार सनु २०० मा पनि विकास दुबेविरुद्ध रामबाबु यादव हत्याको षड्यन्त्र रचेको आरोप लागेको थियो। बताइन्छ कि दुबेले यो योजना जेलबाटै रचेका थिए।

    यस्तै सन् २००४ मा केबल व्यवसायीको हत्यामा पनि उनको नाम मुछिएको थियो। प्रहरीका अनुसार तीमध्ये कैयौं मुद्दामा दुबे जेल गएका छन्, तर उनी धरौटीमा छुटिरहे। सन् २०१३ मा पनि दुबेविरुद्ध एक हत्याको आरोप लागेको थियो। यति मात्र होइन, सन् २०१८ मा दुबेविरुद्ध आफ्नै भान्जा अनुरागको हत्या हमला गराएको आरोप लगाएको थियो, जसमा अनुरागकी पत्नीले उनीसहित चार जनाविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्।

    प्रवीण मोहता भन्छन्, ‘हरेक राजनीतिक दलमा दुबेको पहुँच छ र यही कारण आजसम्म उनी पक्राउ पर्न नसकेका हुन्, पक्राउ परिहाले पनि केही दिनमै छुट्ने गरेका हुन्।’

    विकास दुबे मूलतः कानपुरको बिठुरमा पर्ने शिवली थाना क्षेत्रस्थित बिकरु गाउँका हुन्। गाउँमा उसले आफ्नो घरलाई एउटा किल्ला झैं बनाएका छन्। स्थानीयका अनुसार उनको अनुमतिबिना कोही पनि उनको घरभित्र प्रवेश गर्न सक्दैनन्।

    स्थानीयको भनाइअनुसार सन् २००२ मा जतिबेला राज्यमा बहुजन समाज पार्टीको सरकार थियो, त्यसबेला विकास दुबेलाई तुती नामले बोलाइन्थ्यो। बिकरु गाउँका एक स्थानीय नाम नबताउने सर्तमा भन्छन्, ‘त्यस समय उनले आफूलाई अपराधको दुनियाँमा स्थापित मात्र गरेनन्, पैसा पनि निकै कमाए।’

    चौबेपुर चौकीमा उनीविरुद्ध दर्ता भएका सबै मुद्दा अवैध रूपमा जग्गा खरिद–बिक्रीसँग सम्बन्धित छन्। यसैकारण विकास दुबे करोडौं सम्पत्ति जोड्न सफल भएका हुन्। बिठुरमा उनका केही स्कुल र कलेज पनि सञ्चालनमा छन्।

    बिकरु गाउँका बासिन्दा भन्छन् कि दुबेको दबदबा आफ्नो गाउँमा मात्र नभएर आसपासका अन्य गाउँमा पनि थियो। जिल्ला पञ्चायत एवं कैयौं गाउँका प्रमुखको चुनावमा विकास दुबेलाई गाउँ पञ्चायत र गाउँ प्रमुखको चुनावमा विकास दुबेलाई मनपर्ने र मननपर्ने कुराले धेरै महत्त्व राख्छ। स्थानीय एक वृद्ध भन्छन्, ‘बिकरु गाउँमा पछिल्लो १५ वर्षदेखि निर्विरोध प्रमुख बनिरहेका छन् भने विकास दुबेको परिवारका सदस्यले जिल्ला पञ्चायत सदस्यको चुनाव पनि जितिरहेका छन्।’

    गाउँलेका अनुसार विकास दुबेका पिता किसान हुन्। दुबेका जम्मा तीन दाजुभाइमध्ये एक जनाको करिब ८ वर्षअघि हत्या गरियो। दुबे सबैभन्दा जेठा हुन्। दुबेकी पत्नी ऋचा दुबे जिल्ला पञ्चायत सदस्य हुन्।

    बकरु गाउँका एक स्थानीय नाम नबताउने सर्तमा भन्छन्, ‘प्रहरी चौकीमा दुबेविरुद्ध जित्ने मुद्दा नै दर्ता किन नहोस्, उनीविरुद्ध बयान दिने हिम्मत कसैले गर्दैन।’ उनका अनुसार सन् २००० आसपास शिवलीका तत्कालीन नगर पञ्चायत अध्यक्ष लल्लन बाजपेयीसँग भएको विवादपछि विकास दुबे अपराध कर्मम प्रवेश गरेका हुन्।

    गाउँलेका अनुसार विकास दुबेका दुई छोरा छन्, तीमध्ये एक जना इंग्ल्यान्डमा एमबीबीएस अध्ययनरत छन् भने दोस्रा छोरा कानपुरमै पढिरहेका छन्। बीबीसी हिन्दीबाट

    प्रतिकृया दिनुहोस्