Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/१७ गते
    २२९ पटक
    पटना

    भारतको बिहारमा हालै सम्पन्न एउटा विवाह कोरोना भाइरस ‘कोभिड १९’ को केन्द्र बनेको छ। उक्त विवाह समारोहमा उपस्थित ३ सय ५० मध्ये १ सय ११ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको एनडीटीभीले जनाएको छ।

    गत जुन महिनाको १५ तारिखमा एक इन्जिनियर युवाको विवाह तय भएको थियो। ती युवाको विवाहको भोलिपल्टै मृत्यु भएको थियो।

    विवाहको मिति नजिकै आइसक्दा उनी बिरामी परेका थिए। उनलाई पटना अस्पतालमा डाइरियाको उपचार पनि गरिएको थियो।

    बिरामी छँदै उनको विवाह गरिएको थियो। विवाहको भोलिपल्टै मृत्यु भएका उनको कोरोना भाइरसकै कारण ज्यान गएको आशंका गरिएको छ।

    यद्यपी उनको कोरोना परीक्षण नगरी अत्येष्टि सकिएको थियो। मानिसहरुले शंका लागेर परीक्षण गराउँदा १ सय ११ मा कोरोना देखिएको जनाइएको छ।

    अधिकारीहरुका अनुसार मृतक बेहुलाका आफन्तमा कोरोना देखिएपछि जुन २४ देखि २६ सम्म विवाहमा उपस्थित मानिसको पहिचान गरी परीक्षण गरिएको थियो।

    प्रतिकृया दिनुहोस्