Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/१७ गते
    १७२ पटक

    बुधबार बाँकेका थप ७ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालको परिक्षणमा ७ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार, नयाँ थपिएका संक्रमितमा बाँके खजुरा १ का ३० बर्षिय पुरुष, २ का ३६ बर्षिय महिला, ६ का २५ बर्षिया महिला र ४ बर्षिया बालिका गरी ४ जना त्यसैगरी, कोहलपुर २ का २३ बर्षिया महिला र ३९ बर्षिय पुरुष र १२ का ९ बर्षिय बालक सहित ३ गरी ७ जना रहेका छन ।

    यो सङ्गै बाँकेमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ सय ६३ पुगेको छ भने दुई जनाको मृत्यु भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्