Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/१५ गते
    २७९ पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुर डेरी एशोसियसनले विभिन्न माग राख्दै कोहलपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न आठ बुँदे माग राखेर एशोसियसनले आइतबार नगर प्रमुख लुट बहादुर रावतलाई ज्ञापन पत्र बुझाएको हो ।

    एशोसियसनका महासचिव सन्तोषराज पौडेलले विभिन्न समयमा दिइएको अनुदान दुरुपयोग भएकाले ज्ञापन पत्र बुझाइएको जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षमा यहाँका डेरी व्यवसायीहरुले समेत नगरपालिकाबाट केही कुराको आशा गरेको बताए ।

    ‘साझेदारीमा प्रशोधनका लागि आवश्यक सामग्री, डेरी उद्योगलाई विद्यूत् सहुलिएत दिन पहल गरिदिने हाम्रो माग हो’ उनले भने, ‘यी लगायतका कुराहरुमा स्थानीय सरकारसँग हामी समन्वय गरेर अगाडि बढ्न तयार छौं ।’

    त्यसैगरी सहुलियतमा ऋण प्रयोजन धितोका आधारमा उपलब्ध गराउन सहजिकरण, उद्योगीलाई तालिम दिने वातावरण सिर्जना, कोभिड–१९ सहकारी मार्फत नभएर व्यवसायीक किसानलाई उत्पादनका आधारमा सहुलियत अनुदान सहयोगको वातावरण मिलाउने र आफ्नै ठाउँमा केही गर्छु भन्नेलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन माग गरिएको छ ।

    आगामी आर्थिक वर्ष २०७/०७८ को नीति तथा कार्यक्रममा यी कार्यक्रमहरुलाई समावेश गरिदिन माग गर्दै ज्ञापन पत्र बुझाइएको हो । गोठदेखि ओठसम्मको नारा डेरी एशोसियसनले पहल गरिदिने महासचिव पौडेलले बताए ।

    यसअघि कोहलपुर डेरी एशोसियसनले क्वारेन्टिनमा रहेकाहरुलाई खिर, दुध, दही लगायतको सहयोग गरेको थियो । अझै पनि कोरोना सँग जुध्ने अभियानको लागि जुनसुकै सहयोग गर्न तयार रहेको एशोसियसनले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्