Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/१५ गते
    ५१ पटक
    दाङ ।

    दाङको एक निजी अस्पतालमा एक्सरे गर्न गएकी एक महिलालाई पुरै कपडा खोलेर नाङ्गो बनाइ एक्सरे गराएको आरोपमा अस्पतालका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

    वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलिले महिलालाई नाङ्गै बनाएर एक्सरे गरेको आरोपमा बबइ गाउँपालिका ५ का २२ वर्र्षीय नवराज डाँगीलाई पक्राउ गरेको हो ।

    घोराहीको लुहासुरस्थित गोर्खा हस्पिटलमा एक्सरेका लागि पुगेकी ती महिलाको एक्सरे गर्ने क्रममा अस्पतालका एक्सरे मेन युवाले नाङ्गो बनाइ एक्सरे गर्न लगाएको भन्दै महिलाका आफन्तले प्रहरीमा उजुरी गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले अस्पतालमा एक्सरे गराउन गएकी महीलालाई संवेदनशिल अंग पनि नाङ्गो गराएर एक्सरे गराएको भन्दै प्रहरीमा उजुरी परेको बताए ।

    अस्पतालमा एक्सरे गराउन गएकी घोराही १ कि १९ वर्षीया महिला अस्पताल पुगेकी थिइन् ।

    महिला एक्सरे गराउन गएपछि अस्पतालमा काम गर्ने टेक्निसियनले दुब्र्यवहार गर्न खोजेको भन्दै आफन्तले प्रहरीमा उजुरी दर्ता गराएपछि डाँगीलाई पक्राउ गरिएको र घटनाको थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक दिनेश रिमालले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले पनि शरीर पुरै नाङ्गो बनाएर एक्सरे गर्न खोजेपछि अस्पतालमा काम गर्ने टेक्निसियनलाई नियन्त्रणमा लिई अनुसन्धान चलिरहेको बताए ।

    एक्सरे गराउन गएकी महिलाले एक्सरे गराएपछि आफन्तलाई एक्सरे गराउँदा ‘अहिले पुरै शरीर नाङ्गो बनाउँदा रहेछन् है’ भनेपछि घटना सार्वजनिक भएको हो ।

    प्रतिकृया दिनुहोस्