Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/१४ गते
    २४८ पटक

    साओमी नेपालले रेडमी नोट ९ स्मार्ट फोन सार्वजनिक गरेको छ । यो नोट ९ सिरिजमा सार्वजनिक गरिएकोमध्ये दोस्रो फोन हो ।

    हालै सार्वजनिक भएको रेडमी नोट ९ प्रोका साथ नयाँ रेडमी नोट स्मार्ट फोन लाइनअपले कुनै फ्ल्यागसिप मूल्य बिन्दुविना अत्याधुनिक डिजाइन र नवीनता दिने कम्पनीले जनाएको छ ।

    साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले विभिन्न विशेषताका साथ आएको यो स्मार्ट फोन रेडमी नोट लाइनमा एक उल्लेखनीय अनुवृद्धि भएको र मी फ्यानहरूले यो उत्पादन मन पराउने आशा राखेको बताए ।

    विशेषता

    रेडमी नोट ९ मा मुख्य क्यामेरा ४८ एमपीको रहेको छ । यसले ८ एमपी अल्ट्रा वाइड एंगल लेन्सका साथ फोटोग्राफीलाई अगाडि ल्याउने कम्पनीको दाबी छ ।

    यसमा रहेको २ एमपी म्याक्रो लेन्स र २ एमपी डेप्थ सेन्सरपूर्ण क्वाड क्यामेरा सेटअपले सबै एंगलबाट सुन्दर तस्बिरहरू खिच्ने जनाइएको छ । त्यस्तै, फ्रन्ट स्क्रिन डिस्प्ले आकारका लागि डिस्प्लेमा १३ एमपी क्यामेरा राखिएको छ ।

    यसमा ५०२० एमएएच ब्याट्री रहेको छ । जसले गर्दा एकपटकको चार्जमा लामो समय चलाउन सकिन्छ । फोनका साथै २२.५ वाट फास्ट चार्जर आउने हुनाले चार्ज गर्न समय नलाग्ने जनाइएको छ । हुडअन्तर्गत मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेकाले यसलाई नयाँ चिपसेट फिचर गर्ने विश्वकै पहिलो स्मार्ट फोन बनाएको जनाइएको छ ।

    फ्रन्टमा कर्निङ गोरिला ग्लास ५ र ६.५३ इन्च डट डिस्प्ले रहेको छ । हाल यो फोन मिडनाइट ग्रे र फरेस्ट ग्रिन रङमा उपलब्ध रहेको जनाइएको छ । यसमा चार जिबी -याम र १२८ जिबी रोम रहेको छ ।

    यो स्मार्ट फोनको मूल्य २३ हजार रुपैयाँ तोकिएको छ । १ हजार ८ सयभन्दा बढी मी प्रिफर्ड पार्टनरहरू, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर दराज र सस्तोडिलमा छिट्टै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्