Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/१२ गते
    ६६ पटक
    एजेन्सी ।

    छोटो समयमा बलिउडमा गहिरो छाप छोडेर गएका सुशान्त सिंह राजपूतको आत्महत्यापछि उनको बारेमा विभिन्न विषयमा खुलासा भइरहेका छन् ।

    सुशान्तको आत्महत्यापछि बलिउड क्षेत्र, उनको परिवार, साथीभाई मात्र होइन विश्वभरीका करोडौं प्रशंसकहरु पीडामा परेका छन् ।
    यसैबीच, उनकी पूर्वप्रेमिका अंकिता लोखण्डेले ब्रेकअपपछि सुशान्तसँग कुराकानी नभएको खुलासा गरेकी छिन् ।

    करिब ६ वर्षसम्म प्रेमसम्बन्धमा रहेका सुशान्त र अंकिताको विषयमा मिडियामा विभिन्न प्रकारका समाचारहरु आइरहेको भएपनि अंकिताले एक अन्तरवार्तामा सुशान्तसँग ब्रेकअपपछि कुराकानी नहुने खुलासा गरेकी थिइन् ।

    अघिल्लो वर्ष सार्वजनिक भएको उनको फिल्म मणिकर्णिकाको प्रमोशनको समयमा अंकिताले स्पोटब्याईलाई दिएको अन्तरवार्तामा उनले ब्रेकअपपछि सुशान्तसँग कुराकानी नहुने खुलासा गरेकी थिइन् ।

    साथै, यी दुवैले ब्रेकअपपछि एक अर्कालाई सम्बन्धलाई लिएर आरोपप्रत्यारोप समेत गरेका थिएनन् ।

    उक्त अन्तरवार्तामा अंकिताले ब्रेकअपपछि आफू र उनी (सुशान्त) पनि सम्हालिइसकेको बताएकी थिइन् ।

    प्रतिकृया दिनुहोस्