Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/११ गते
    ३६ पटक
    काठमाण्डाै

    बिहारमा चट्याङ लागेर ८३ जनाकाे ज्यान गएकाे बीबीसीले जनाएकाे छ ।

    भारतकाे आपत्कालीन प्रबन्धन विभागकाे अनुसार बिहीबार साँझ साढे ६ बजेकाे समयमा परेकाे चट्याङ लागेर ८३ जनाकाे ज्यान गएकाे हाे । चट्याङ लागेर कैयाैँ घाइते भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    उत्तर प्रदेशमा पनि चट्याङ लागेर कम्तीमा नाै जनाकाे ज्यान गएकाे छ ।

    बिहारकाे २३ जिल्लामा चट्याङ पर्दा यति ठूलाे सङ्ख्यामा मानवीय क्षति भएकाे हाे । सबैभन्दा धेरै गाेपालगञ्जमा १३ जनाकाे ज्यान गएकाे छ भन् मधुबनी र नबादामा आठ–आठ जनाकाे ज्यान गएकाे छ ।

    प्रतिकृया दिनुहोस्