Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/९ गते
    १०६ पटक
    काठमाडौं।

    मिस नेपाल २०११ मलिना जोशीको चलचित्र करिअर सुखद् छैन्। चलचित्र कलिउडको आइटम गीतबाट चलचित्र यात्रामा प्रवेश गरेकी मलिना चलचित्र भन्दा अन्य क्षेत्रबाट चर्चामा छिन्।

    विभिन्न सौन्दर्य कार्यक्रमको निर्णायकको भूमिका निभाउँदै आएकी मलिनाको दैनिकी घरायसी बनेको छ। सामाजिक सञ्जालमा सक्रिय मलिना बेला बेला टिकटकमा पनि छाउने गरेकी छन्।

    आजै इन्स्टाग्राममा टिकटक भिडिओ अपलोड गरेकी छन्। जसमा उनले क्याम्सनमा लेखेकी छन्, ‘टिकटक बनाउँदा अलि अपठ्यारो पर्‍यो। लाज लाग्यो।’ लकडाउनका बेला आफ्नो फिट्नेशलाई पनि उनले निकै ध्यानमा राखेकी छन्।

    प्रतिकृया दिनुहोस्