Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/७ गते
    ६४ पटक
    काठमाडौं ।

    कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ ।

    गुल्मीको छत्रकोट गाउँपालिका मैनडाँडाका ६९ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्यारालाइसिसको उपचारका लागि भारत गएर फर्किएका ती पुरुषको असार ५ गते घरमै मृत्यु भएको थियो ।

    मृत्युपश्चात स्वाब लिएर परीक्षणका लागि भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा उनको कोरोना संक्रमण पुष्टि भएको हो ।
    उनको शवलाई नेपाली सेनाले असार ६ गते नै व्यवस्थापन गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्