Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/४ गते
    १३१ पटक
    नेपालगञ्ज ।

    बाँकेको राप्तीसोनारी गाउँपालिका–५ को साकार कृषि सहकारी संस्थालाई अनुदानमा कृषि सामाग्रीहरु वितरण गरिएको छ ।

    सोही क्षेत्र निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमूना) को पहलमा प्रदेश सरकारद्धारा कृषि ज्ञान केन्द्र नेपालगञ्जले सहकारी मार्फत कृषकहरुलाई कृषि सामाग्रीहरु वितरण गरेको हो ।

    बुधबार एक कार्यक्रमका बिच सांसद नमूनाले ती कृषि सामग्रीहरु कृषकहरुलाई वितरण गरेकी थिइन् । सुरो बालि ब्लक सञ्चालन गर्दै धान, गहुँ र मसुरोको मुल बिउ उत्पादन गर्दै आएका छन् ।

    उनले कृषि क्षेत्रमा आधुनिक र बैज्ञानिक तरिकाले कृषि यन्त्रको प्रयोग गरी कम लागतमा बढी उत्पादन गर्न सकिने बताइन् ।

    पछिल्लो समय किसानहरुका समस्याहरु सुन्नका लागि गाउँ गाउँमा पुग्नुका साथै सांसद नमूनाले प्रदेश सरकारबाट अनुदानमा प्राप्त कृषि सामग्रीहरु किसानहरुलाई वितरण गर्दै आएकी छन् ।

    प्रतिकृया दिनुहोस्