Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/३ गते
    ७६ पटक

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ५ सय ८६ जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमित ७ हजार १७७ पुगेका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ८६ संक्रमित थपिएको जानकारी दिए।

    पछिल्लो २४ घण्टामा ९ जना पुरुष कोरोनामुक्त भएका छन्।

    उनका अनुसार हालसम्म १ हजार १ सय ६७ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमा महिला १ सय १२ र पुरुष १ हजार ५५ छन्।

    त्यस्तै हालसम्म २० जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।

    प्रतिकृया दिनुहोस्