Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/३/२ गते
    १२६ पटक
    एजेन्सी ।

    विवाह गरेको केही घण्टामा दुलहीले नदीमा हाम फालिन्, सगैं रहेका दुलहा नदी किनारमा बसेर एकोहोरो हेरिरहे । यो कुनै चलचित्रको दृष्य भन्दा कम थिएन । छिमेकी देश भारतमा नवविवाहित दम्पतीको वास्तविक घटना हो ।

    विवाह गरेर घर फर्किदै गरेको जन्ती यतिबेला शोकमा डुबेकोछ । भारतको राजस्थान र मध्यप्रदेश राज्यको सीमामा रहेको पाली ब्रिजमा आईतबार बिहान अञ्जु नामकी दुलहीले माईतीबाट विदा भएपछि घर पुग्नुअघि नै नदीमा हाम फालेकी हुन् । उनको खोजी सोमबार पनि जारी रह्यो । तर दुलही भेटिएनिन् ।

    नदीमा हाम फालेकी दुलही ९अञ्जु० र उनका माईती र घर पक्षका सदस्य पनि घटनास्थलमा उपस्थित भए । दुलहा पनि किनारामा बसेर एकोहोरो हेरिरहेको भारतीय सञ्चार माध्यम जनाएकोछ ।

    घटना यस्तो थियो

    प्रहरीका अनुसार भारतको अल्लापुर गाउँमा बस्ने रामप्रसाद सैनीकी छोरी अञ्जु सैनीको विवाह शनिबार भयो । मध्यपुरको श्योपुर जिल्लाबाट जन्ती आयो । त्यसपछि आईतबार बिहान दुलहीका आमा–बुवा र आफन्तले दुलहीलाई खुसी–खुसी बिदाई गरे । त्यसपछि दुलहीले राजस्थान र मध्य प्रदेशको सीमामा रहेको पाली ब्रिजमा पुग्ने बित्तिकै चालकलाई आफूलाई बान्ता आउन लागेको भनेर गाडी रोक्न लगाइन् ।

    चालकले झ्यालबाटै बान्ता गरिदिन भन्दै गाडी रोकेनन् । दुलहीले पुनः आफूलाई असाध्यै गाह्रो भएको भन्दै गाडी रोक्न आग्रह गरिन् । उनले चालकको हात समातिन् जसका कारण चालकको सन्तुलन बिग्रन थाल्यो ।

    सन्तुलन बिग्रिएको देखेर चालकले गाडी रोके । दुलहा र परिवारका अन्य सदस्यहरुले केही बुझ्नुअघि नै दुलही गाडीबाट निस्किइन् र ब्रिजको रेलिङमा चढेर नदीमा हाम फालिन् । प्रत्यक्षदर्शी चालकका अनुसार नदीमा हाम फालेपछि उनी केही बेर पानीमा डुबेको र पछि पानीमाथि आएर छटपटाएको देखिइन् । तर, त्यहँ उपस्थितमध्ये कसैलाई पनि पौडी खेल्न नआउने भएकोले दुलहीलाई सहयोग गर्न नसकेको बताए ।

    यो घटनाले यतिबेला भारतीय सञ्चार माध्यममा चर्चा पाएकोछ । नदीमा हाम फालेकी दुलही अझै नभेटिएको भारतीय सञ्चारमाध्यमले जनाएकोछ । यद्यपी नवविवाहित दुलही नदीमा हाम फाल्नुको कारण अझै पत्ता लाग्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस्