Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/३० गते
    ३०३ पटक
    एजेन्सी

    भक्तजनको हातमा चुम्बन गरेर उपचार गर्दै आएका एक ‘बाबा’को कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

    कोरोना महामारीका बेला पनि उनीकहाँ उपचारका लागि भक्तजनहरु आउने गर्दथे । बाबा बिरामी भएपछि अस्पताल लगिएको र परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । तर, उनी कसरी संक्रमित भए भन्ने खुलेको छैन ।

    भारतको मध्य प्रदेशको रतलाम जिल्लामा बस्दै आएका ‘किस बाबा’ नामले चिनिने उनी हातमा चुम्बन गरेर विभिन्न रोग निको पार्ने दाबी गर्दथे ।

    चुम्बन गरेर उपचार गर्ने भएकाले उनीबाट भक्तजनहरुमा पनि कोरोना संक्रमण सरेको अधिकारीहरुको भनाइ छ । बाबासँग सम्पर्कमा आएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्