Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/२५ गते
    १०८ पटक

    अस्ट्रेलियाको न्यु साथउ वेल्समा सार्कको आक्रमणबाट एक सर्फरको मृत्यु भएको छ। ६० वर्षका सर्फरलाई दश फिट लामो ग्रेट ह्वाइट सार्कले आक्रमण गरेको एपीले जनाएको छ।

    सर्फ गरिरहँदा सार्कले सर्फरको तिघ्रामा आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते बनेका उनलाई नजिकैमा मानिसले उद्दार गरेका थिए।

    तर अस्पतालमा ती व्यक्तिको मृत्यु भयो। सार्क आक्रमणको घटनापछि करिब एक घण्टा घटनास्थल वरपर घुमेको बताइएको छ।

    आक्रमणको घटनापछि समुद्रबाट सबैलाई बाहिर निस्कन भनिएको थियो।

    Great white shark kills surfer off Australia's New South Wales ...

    प्रतिकृया दिनुहोस्