Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/२५ गते
    २२१ पटक
    कोहलपुर ।

    बाँकेका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारुलाई एक महिनायता नत खाना खाने समयको टुङ्गो छ नत सुत्ने समयको नै । कोरोना कहरका कारण भारतमा अलपत्र परेका नेपालीहरु आउन थालेपछि उनीलाई एकदिन पनि खुर्सद छैन ।

    आफ्ना वडामा आउने नागरीकको सिमा नाकाबाट उद्दार वडासम्म ल्याएर क्वारेन्टिनमा राख्ने तथा अन्य व्यवस्थापनमा उनको समय बित्दै आएको छ ।

    सुरु केही समय उनी नरैनापुरको सुईया नाकामा अलपत्र परेका आफ्ना वडा नागरीकको उद्दार गरेर आफै गाडी चलाएर ल्याउन पुगे । कतैबाट उद्दारको लागि फोन आउने बित्तिकै रात विरात नभनेर नाकामा नागरीकको उद्दार गरेर क्वारेन्टिनमा ल्याउन पुगिहाल्छन् ।

    ‘भारतबाट फर्किएका मेरा वडाका नागरीक तथा राप्तीसोनारीका अन्य वडाका नागरीकहरु सिमा आएको थाहा पाउनेवित्तिकै गाडी लिएर उद्दारको लागि पुगिहाल्छु’ थारु भने, ‘अहिले वडा नम्बर ५ विनौनाका मान्छेलाई लिनको लागि रुपैडिहा गइरहेको छु ।’

    निजी गाडि कोहलपुरबाट भाडामा लिइएपनि कोरोनाको डरले चालक आउन मानेनन् उनले अगाडि थपे, ‘त्यसपछि एक महिनायता आफैले उक्त गाडी चलाएर मानिसहरुको उद्दार गरिरहेछु ।’

    पछिल्लो समय दैनिक जसो वडा अध्यक्ष थारु गाडि लिएर रुपैडिहा बसपार्कमा पुगेर राप्तीसोनारी २, ४, ५, ६ र ७ का नागरीकहरुको उद्दार गरेर सम्बन्धित वडाले बनाएर क्वारेन्टिनसम्म पु¥याइदिन्छन् ।

    उनी नागरीकहरुको उद्दारमा मात्र होइन आइसोलेसन र क्वारेन्टिन समेत सक्रियताका साथ लागिरहेका छन् । उनको अगुवाईमा वडा नम्बर ७ मा दुइवटा आइसोलेसन र दुई वटा क्वारेन्टिन स्थापना गरिएका छन् ।

    उनीसहितको टोली क्वारेन्टिन र आइसोलेसन नै भएको भवनमा नै क्वारेन्टिन बनाएर बस्ने गरेको छ । त्यहीबाट आइसोलेसन र क्वारेन्टिनको व्यवस्थानको साथै भारतबाट फर्किने मानिसहरुको उद्दारमा खटिछन् ।

    प्रतिकृया दिनुहोस्