Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/२३ गते
    १३२ पटक
    काठमाडौं ।

    नायिका मनिषा कोइरालाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

    भारतबाट आमाबाबुसँग नेपाल आएकी कोइराला र उनका परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको कोइरालाले विभिन्न सञ्चारमाध्यमलाई जानकारी गराएकी छन् ।

    रुपन्देहीको बेलहिया नाका हुँदै अघिल्लो हप्ता नेपाल आएकी उनी अहिले सेल्फ क्वारेन्टाइनमा छन् । नेपाल आएपछि कोरोना परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको उनले बताएकी छन् ।

    मुम्बइबाट आमाबुवासँग गोरखपुरसम्म जहाजमा आएर त्यहाँबाट स्थालमार्ग हुँदै उनी नेपाल आएकी थिइन् ।

    प्रतिकृया दिनुहोस्