Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/२३ गते
    २६३ पटक

    बांके स्थित बिभिन्न राजनितिक दल, जनप्रतिनिधि, निजि क्षेत्रका प्रतिनिधिहरुको उपस्थितीमा बांकेमा लकडाउन केही खुकुलो पार्ने निर्णय गरेको बिषयलाई लिएर गृह मन्त्रालयले बांकेलाई स्पष्टीकरण सोधेपछि आज शुक्रबार बाँके जिल्ला विपत व्यवस्थापन समितीको आकस्मिक बैठक बसी लकडाउन पुन ः निरन्तरता दिने निर्णय गरेको छ ।

    लकडाउन खुकुलो पार्ने निर्णय सार्वजनिक भएपछि गृह मन्त्रालयले बांकेको विपत व्यवस्थापन समितीलाई लिखित स्पष्टीकरण सोधेको थियो ।

    मन्त्रालयको दबाब पछि बाँके जिल्ला प्रशासन एव विपत व्यवस्थापन समितीले लकडाउनलाई पुनः कार्यान्वयन गरि अतिआवश्यक वस्तु वाहेक अन्य सेवा सुविधाहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेको
    छ ।

    नेपालगञ्जका व्यवसायीहरु, नेताहरु तथा सर्वसाधरणको दवाब परेपछी जिल्ला स्तरीय बिपत ब्यवस्थापन समितिको बैठकले लकडाउनको विकल्प खोज्ने क्रममा गत जेष्ठ २१ गते विभिन्न विकल्प सहित फरक फरक दिन फरक फरक व्यवसाय खोल्न पाउने गरिे निर्णय गरेका थिए ।

    लकडाउनलाई केही खुकुलो पारेर सर्वसाधरणलाई राहत दिनको निम्ति गरिएको निर्णयलाई सबैले सकारात्मक कदमको रुपमा स्विकार्दै स्वागत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्