Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/२० गते
    ११९ पटक
    एजेन्सी ।

    ‘ये रिश्ता क्या कहलाता हे’ जस्ता कार्यक्रममा काम गरिसकेकी टिभी नायिका मोहना कुमारी सिंहमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    उनका श्रीमान् सुयश रावत, ससुरा तथा क्याबिनेट मन्त्री सतपाल महाराज, सासु अमृता रावत, जेठानी आराध्या र उनका पाँच वर्षका छोरा पनि कोरोनाद्वारा संक्रमित छन् ।

    मोहनाको घरमा काम गर्ने अन्य १७ कर्मचारीमा कोभिड–१९ परीक्षण पोजेटिभ आएको छ । सबै ऋषिकेशको एम्स अस्पतालमा भर्ना छन् ।

    सोसल मिडियामा पोखिन् पीडाः
    मोहनाले सोसल मिडियामा आफ्नो पीडा बयान गर्दै लेखेकी छिन्, ‘सुत्न सकिरहेकी छैन ।
    यो सुरुवाती दिन हामी सबैका लागि निकै कष्टकर छ । विशेषगरी हाम्रा बच्चा र वृद्ध–वृद्धाका लागि । तर यो सबै छिट्टै समाप्त होस् भनेर म प्रार्थना गरिरहेकी छु । हामी ठिक छौं ।’

    मोहनाले थपिन्, ‘हामीसँग कसैसँग पनि असन्तुष्टि पोख्ने अधिकार छैन । किनभने यहाँ यस्ता थुप्रै मानिसहरु छन् जसले हामीभन्दा कति गुणा बढी सहनु परेको छ ।

    तर म तपाईंमध्ये हरेकको सन्देश, प्रार्थना र तपाईंले पठाउनुभएको प्रेमका लागि आभारी छु । यसले हामीलाई ऊर्जाशील बनाइराख्छ । हामी सबै तपाईंहरुप्रति मनैदेखि आभारी छौं । तपाईंहरु सबैलाई धन्यवाद ।’

    जेठाजुको रिपोर्ट नेगेटिभः

    भारतीय मिडियासँगको कुराकानीमा उनले आफू ठिक भएको र उनको पूरा परिवार अस्पतालमा भर्ना भएको बताएकी छिन् । उनी भन्छिन्, ‘मेरो जेठाजुको रिपोर्ट नेगेटिभ आएको छ, तसर्थ उहाँ पूर्ण रुपमा ठिक हुनुहुन्छ ।

    हामीमा मामुली लक्षण देखिएको छ र मलाई लाग्छ कि यो मौसममाभएको परिवर्तनका कारण पनि हुनसक्छ । यहाँ सबैभन्दा राम्रो कुरा त हामीमध्ये कसैमा पनि खासै ठूलो समस्या देखिएको छैन । ’

    सबैभन्दा पहिले सासुलाई देखियो कोरोनाः

    भारतीय मिडियामा प्रकाशित समाचारलाई विश्वा गर्ने हो भने शनिबार मोहनाकी सासु अमृता रावतको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो  । त्यसपछि स्वास्थ्य विभागले घरमा भएको सबैको परीक्षण गरेको थियो ।

    परिवारका सदस्य र सहयोगीको गरी जम्मा ४१ जनाको स्याम्पल टेस्ट गरिएको थियो जसमध्ये २२ जनाको पोजेटिभ देखियो ।

    प्रतिकृया दिनुहोस्