Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/२० गते
    ३११ पटक
    दाङ ।

    बाँकेको अगैया नजिकै भएको सवारी दुर्घटनामा दाङका एकै घरका तीन जनाको मृत्यु भएको छ ।

    शान्तिनगर गाउँपालिका वडा नं. ३ पातेटाकुरा निवासी ३२ बर्षीय पूर्णबहादुर पुन, उनकी २७ बर्षीया पत्नि सीता पुन र उनीहरुका १० बर्षका एक्ला छोरा हिमान्सु पुनको मृत्यु भएको छ ।

    शान्तिनगर ३ का वडाध्यक्ष बुद्धिराम तिवारीले पुनको बंश नै नाश हुने गरि भएको दुःखद घटनाले गाउँ शोकमा डुवेको बताए ।

    रोजगारीको खोजीको लागि डेढवर्ष अगाडि सपरिवार उनीहरुका चण्डीगढ गएका थिए । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासदीका कारण उनीहरु आइतवार राति नेपालगन्ज हुँदै दाङस्थित घर फर्किन लागेका थिए ।

    पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती सोनारी गाउँपालिका वडा नं. २ ठुरिया जंगलमा ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा चालक सहचालकसहित १२ जनाको मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस्