Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/२० गते
    २५० पटक
    कोहलपुर ।

    बाँकेको बैजनाथ गाउँपालिकाले कोरोना भाइरस संक्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई विशेष राहत दिने निर्णय गरेको छ ।

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामको लागि क्वारेन्टिन तथा आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीहरुलाई उनीहरुको प्रोत्साहनका लागि विशेष राहत उपलब्ध गराउने निर्णय गरिएको हो ।

    उँपालिकाका विभिन्न वडामा रहेका क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मीहरुलाई दैनिक ४ सयका दरले भत्ता उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले जानकारी दिए । उनका अनुसार आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीहरुको सञ्चार खर्च स्वरुप एकमुष्ट १० हजार उपलब्ध गराइने निर्णय समेत गरिएको छ ।

    क्वारेन्टिनमा बसेका नागरिकको कोरोना भए नभएको बारेमा आरडीटी जाँच गर्नको लागि प्रयोगशालामा कार्यरत कर्मचारीले दैनिक दुई हजारका दरमा भत्ता पाउने उनको भनाई रहेको छ ।

    ‘एम्बुलेन्स चालकले १ हजार पाउने छन् । आइसोलेसनमा कार्यरत डाक्टरलाई दैनिक होटल खर्च बापत २५ सय उपलब्ध गराइने छ । यस्तै सुपरिवेक्षणका लागि प्रति व्यक्ति १ हजार उपलब्ध गराउने छौ’ अध्यक्ष रुचालले भने ।

    उनले गाउँपालिकाले क्वारेन्टिनमा बसेका नागरिकहरुका लागि मंगलबार (आज) देखि आरडीटी परिक्षण गरिने जानकारी दिए । २० वटा क्वारेन्टिन अहिले गाउँपालिकामा कुल १ हजार ३ सय १ जना रहेका छन् ।

    बैजनाथ गाउँपालिकामा अहिलेसम्म आठ जनामा कोरोना संक्रमणमा पुष्टि भएको छ । ती मध्ये एक जनाको खजुरा र बाँकी सात जनाको गाउँपालिकामै उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्