Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/१९ गते
    १२४ पटक
    कोहलपुर ।

    बाँकेको राप्तीसोनारी गाउँपालिकाको अगैया नजिक भएको दुर्घटनामा परेर मृत्यु भएका र घाइतेहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

    भेरी अस्पतालले मृतक १२ र घाइते २१ जनाको सोमबार दिउँसो स्वाब संकलन गरेर पीसीआर परीक्षण गरेको थियो ।

    परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको भेरी अस्पतालले जनाएको छ ।

    भेरी अस्पतालले सामाजिक सञ्जाल मार्फत मृतक र घाइते ३३ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो ।

    प्रतिकृया दिनुहोस्