Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/१९ गते
    १२१ पटक
    नेपालगन्ज ।

    बाँकेको ठुरिया जंगलमा गएराती भएको सवारी दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ । सो दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । बाँकी एक जनाको नाम अझै नखुलेको प्रहरीले जनाएको छ ।

    नाम खुलेकाहरुको पनि ठेगाना भने पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार अहिलेसम्म पहिचान भएका मृतकहरुमा बुद्धिराम बिक, भीमबहादुर बिक, दिलबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, रामबहादुर पुन, पुर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्का रहेका छन् ।

    यस्तै दुर्घटनामा परी घाइते भएका चार जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा २१ जना घाइते भएका थिए ।

    उनीहरुको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जानकारी दिए ।

    दुर्घटनामा परेकाहरु सबै भारतबाट आएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा सबैभन्दा धेरै सल्यान जिल्लाका रहेका छन् ।

    प्रतिकृया दिनुहोस्