Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/१९ गते
    १८७ पटक
    नेपालगञ्ज ।

    बाँकेको राप्तीसोनारी गाउँपालिकाको अगैयामा नजिक फेरी बस दुर्घटना दुर्घटना भएको छ । अछामबाट काठमाडौंतर्फ भइरहेको बा १ प ७५१ नम्बरको बस सोमबार दिउँसो दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

    बस सडक छेउमा नै अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा परेर एक ६ वर्षिया बालिका घाइते भएकी छिन् । ट्राफिक प्रहरीका अनुसार उनको खुट्टामा चोट लागेको छ ।

    उनको अहिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । बस अछाममा मान्छे छोडेर काठमाडौं फर्किदैं थियो । गाडिमा दुई जना बस स्टाफ र तीन जना यात्रु गरेर पाँच जना सवार रहेका थिए ।

    गयराती सो स्थान नजिकै हाइस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने २१ जना घाइते भएका थिए ।

    #File Photo

    प्रतिकृया दिनुहोस्