Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/१९ गते
    १४७ पटक

    बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गएराति भएको गाडी दुर्घटनामा घाइते भएका २१ जनाको नामावली सार्वजनिक भएको छ । घाइते भएकाहरु दाङ, सल्यान र रोल्पाका रहेको प्रहरीले जनाएको छ ।

    उनीहरु भारतबाट फर्केर आ आफ्ना घर जाँदै थिए ।

    दुर्घटनामा १२ जनाको मृत्यु भएकोमा गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको मात्र सनाखत भएको छ ।

    अन्यको सनाखत गर्ने क्रम जारी रहेको बाँके प्रहरीले जनाएको छ ।

    हेर्नुहोस् प्रहरीले सार्वजनिक गरेको घाइतेहरुको नामावली

    • दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
    • दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
    • दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती
    • दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
    • दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
    • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी
    • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती
    • सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा
    • सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा
    • सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने
    • सल्यान जिल्लाका शिव भण्डारी
    • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का २६ वर्षीय निम बहादुर बादी
    • ऐ. का १८ वर्षीय देवेन्द्र बुढाथोकी
    • ऐ. का १७ वर्षीय ज्ञान बहादुर बोहरा
    • दाङ जिल्लाका २० वर्षीय भरत थापा
    • रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
    • ऐ. का २० वर्षीय वीरेन्द्र परियार
    • ऐ. का १८ वर्षीय पुरन परियार
    • रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक
    • रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब. बिक
    • सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बिक
    प्रतिकृया दिनुहोस्