Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/१२ गते
    २९१ पटक
    नेपालगन्ज । 

    देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन् । सुरक्षाका पर्याप्त साधन नपाउँदा प्रहरीमै संक्रमण देखिएको छ । एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीकाअनुसार नरैनापुर गाउँपालिकाको कालाफाँटा प्रहरी चौकीमा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    उनीहरूको भीड नियन्त्रण गर्न प्रहरी खटेका छन् । यसरी खटेका नेपाल प्रहरीसँग राम्रो मास्क नै छैन । डब्लुएचओकाअनुसार कोरोेनाबाट जोगिन एनके ९५ माक्स लगाउनुपर्छ तर कोरोनाको अति जोखिमपूर्ण क्षेत्र नरैनापुरमा कार्यरत कुनै पनि प्रहरीसँग त्यस्तो मास्क छैन ।

    न त उनीहरूसँग स्यानिटाइजर नै छ । प्रहरी प्रमुख ओली नै प्रहरीहरूले कपडाको माक्स मात्र लगाइरहेको स्वीकार्छन् ।

    ‘ड्यूटीमा खटेका प्रहरी कपडाको मास्क लगाएका हुन्छन् । संक्रमित नै झम्टिन आउँछन्। जोगिएर बस्नुपरेको छ,’ ओली भन्छन्, ‘फ्रन्टलाइनमा काम गर्ने सुरक्षाकर्मी जोखिम नै जोखिममा काम गरिरहेका छन् ।’ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस्