Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/११ गते
    ११८ पटक
    एजेन्सी ।

    भारतको मध्य प्रदेश कोरोना भाइरसबाट सबैभन्दा प्रभावित भारतीय राज्यमा पर्छ । अहिले एउटा समाचार भारतमा भाइरल बनेको छ । एक कोरोना संक्रमित महिलाले स्वस्थ जुम्ल्याहाको जन्म दिएकी छन् ।

    अस्पतालका चिकित्सक सुमित शुक्लाले सुत्केरीपछि आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । ती महिला नर्मल डेलिभरी भएकी छन् । मध्य प्रदेशमा चौथो चरणको लकडाउन चलिरहेको छ ।

    लकडाउनकै समयमा संक्रमित महिलाबाट जुम्ल्याहा बच्चा जन्मिएका हुन् । मध्य प्रदेशमा मात्रै संक्रमितको सख्ंया ६ हजार कटेको छ । ज्यान गुमाउनेको संख्या २ सय ५० नाघेको छ ।

    प्रतिकृया दिनुहोस्