Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/९ गते
    ८५ पटक
    नेपालगञ्ज

    बाँके नरैनापुर गाउँपालिकामा बढ्दै गएको कोरोना संक्रमणका बिच केहि बेर अघि क्वारेन्टाइनबाट १३ जना संक्रमित आइसोलेसन अस्पताल ल्याउने प्रयासलाई अबरोध गरिएको छ ।

    एम्बुलेन्सलाई बाटोमैं अवरोध गरिंदा नरैनापुर गाउँपालिका वडा नं। ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय संकरनगर कोटियाको क्वारेन्टाइनबाट संक्रमित भागेको आशंका गरिएको छ ।

    प्रत्यक्षदर्शीका अनुसार, आइसोलेशनमा लैजानका लागि नेपालगन्जबाट पुगेको एम्बुलेन्सलाई अवरोध गरि गाउँका ब्यक्तिहरुले संक्रमितलाई संगै लिएर भागेका हुन्, नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले भने, भिडलाई सम्हाल्न नसकेपछि सुरक्षाकर्मी सहितको एम्बलेन्स फिर्ता भएको हो ।

    संक्रमित फरार भएर गाउँमा लुकेको मिश्राले बताए । उनीहरु आफु भित्र संक्रमण नरहेको दावी गर्दै क्वारेन्टाइनबाट फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    घटनालाई लिएर जिल्ला सुरक्षा समितिले गम्भीर चिन्ता व्यक्त गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले संक्रमित फरार भएको नभै उनीहरु अस्पताल आउन नमानेको बताए ।

    नेपालगन्जबाट विरामी लिन गएको एम्बुलेन्स आफन्तले घरेरेर अवरोध सिर्जना गरेका छन्, प्रजिअ खड्काले भने, सुरक्षाकर्मी यसका लागि प्रयासरत छन् । यसअघिपनि संक्रमित नेपालगन्ज ल्याउन स्थानीय प्रशासनलाई हम्मे परेको थियो ।

    www.nepalgunjnews.com

    प्रतिकृया दिनुहोस्