Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/९ गते
    ४६ पटक
    बैतडी ।

    जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक जनालाई कोरोना संक्रमण देखिपछि प्रहरी कार्यालय नै सिल गरिएको छ ।

    कर्तव्य ज्यानको मुद्दामा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालय नै सिल गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

    पाण्डेयले उनलाई वैशाख १५ गते पक्राउ गरेको बताए । उनी चैत ६ गते भारतबाट नेपाल आएका थिए ।

    अब कन्ट्याक्ट ट्रेसिङको काम थालिसकेका छौं,’ पाण्डेयले भने, ‘धेरै जोखिम भएका र कम भएका छुट्टाएर परीक्षण थाल्छौं ।’ उनका अनुसार उनको सम्पर्कमा आएका आइसोलेसनमा राखिनेछ ।

    प्रतिकृया दिनुहोस्