Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/९ गते
    ६७ पटक
    नेपालगञ्ज ।

    नेपालमा थप २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

    योसँगै नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, भेरी अस्पतालका बाँकेका १४ जना र कोशी अस्पतालका मोरङका १ जना पुरुष रहेका छन् ।

    बाँकेका १४ जनामध्ये १८ वर्षीय पुरुष राप्ती सोनारी गाउँपालिका ९ का हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् ।

    संक्रमितहरु कैलालीका ३ पुरुष ९१९,२३ र २६० वर्षका, डडेलधुराका २८ वर्षीय एक पुरुष, बैतडीका २२ वर्षीय एक पुरुष, बाँकेका १४ जना पुरुषहरु ९१८ देखि ६१ वर्ष० र मोरङका ४१ वर्षका पुरुष रहेका छन् ।

    यीमध्ये ७० जना कोरोना संक्रमण निको भएर घर फर्किसकेका छन् । जसमा बाँकेको खजुरास्थित क्सान्सर अस्पतालको आइसोलेसमा रहेका २१ जना निको भएर आजै घर फर्किएका हुन् । हालसम्म कोरोना भाइरसका कारण तीन जनाको निधन भएको छ ।

    प्रतिकृया दिनुहोस्