Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/८ गते
    ४८ पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुरमा क्वारेन्टिन निर्माण गर्ने निर्णयको विरोधमा स्थानीयबासीले सडक बन्द गरेका छन् ।

    कोहलपुर नगरपालिकाको कार्यपालिका बैठकले बुधबार नगरका तीन वटा विद्यालयमा क्वारेन्टिन निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयको विरोधमा बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर क्षेत्रका स्थानीयहरुले सडक बन्द गरेका हुन् ।

    बुधबार साँझदेखि त्यहाँका स्थानीयहरुले क्याम्पस जाने सबैतिरका सडकमा बार लगाएर सडक अवरुद्ध गरेका हुन् । उनीहरुले सरकारले घोषणा गरेको लकडाउनलाई उल्लघंन गर्दै सडक बन्दसहित प्रर्दशन गरिरहेका छन् ।

    कार्यपालिकाको बैठकले वडा नम्बर ११ मा रहेको बागेश्वरी बहुमुखी क्याम्पस, वडा नम्बर १२ मा रहेको ज्ञानज्योती मावि र वडा नम्बर २ मा रहेको लक्ष्मी मावि बर्दहवामा क्वारेन्टिन बनाउने निर्णय गरेको थियो ।

    सोही निर्णयको विरोधमा बागेश्वरी बहुमुखी क्याम्पस र लक्ष्मी मावि आसपासका केही स्थानीयहरु विरोधमा उत्रिएका छन् । भारतबाट आउन लागेका नगरबासीलाई मध्यनजर गरेर क्वारेन्टिन निर्माण गर्ने निर्णय नगरपालिकाले गरेको हो ।

    उनीहरुले क्वारेन्टिनमा बिरामी राखे कोरोना संक्रमण फैलिने भन्दै नबुझेर विरोध जनाइराखेका छन् ।

    प्रतिकृया दिनुहोस्