Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/५ गते
    १३८ पटक
    मोरङ ।

    मोरङको विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको आफ्नै श्रीमतीबाट हत्या भएको प्रहरीले जनाएको छ । आइतबार उपचारका क्रममा दुलालको निधन भएको थियो ।

    श्रीमती मीना श्रेष्ठ दुलालकै योजनामा देवीप्रसादको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका एक अधिकृतले जानकारी दिए । मीनाले परपुरुषसँग यौन सम्बन्ध राखेको विषय जानकारी पाएका खुलेको छ ।

    श्रीमानले आफ्नो परपुरुषसँगको सम्बन्ध जानकारी पाएसँगै उनले प्रेमी ब्रह्मदेव साहसँग मिलेर श्रीमानको हत्या गरेको प्रहरीको दावी छ । साह दुलालकै माँ देव पाथीभरा फर्मामा पहिले काम गर्ने कर्मचारी रहेको खुलेको छ ।

    आफैले हत्या गरेर दुलाललाई राति नै श्रीमती मीनाले अस्पताल लगेकी थिइन् । बेहोस भनेर अस्पताल लगे पनि प्रहरी अनुसन्धानका क्रममा उनको हत्या भएको खुलेको छ । सिरहाको लहानका साहलाई पनि प्रहरीले पक्रेको छ ।

    प्रतिकृया दिनुहोस्