Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/५ गते
    ६६ पटक
    काठमाडौं ।

    नेपाल प्रहरीका चार महिला प्रहरी निरीक्षक (इन्स्पेक्टर) को प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा हुने भएको छ ।

    ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर) मध्ये चार महिला प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस भएसँगै उनीहरुको बढुवा पक्का भएको हो ।

    प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले उनिहरुलाई सोमबार डिएसपीमा बढुवा सिफारीस गरेको हो ।

    बढुवा हुनेमा प्रहरी निरीक्षकहरु पूर्णिमा कुमारी चन्द, शर्मिला गुरुङ, चन्चला श्रेष्ठ र रुपा लाबुङ छन् ।

    चन्द ११ नम्बरमा, गुरुङ १६ नम्बरमा ,श्रेष्ठ २१ नम्बरमा र लाबुङ २३ नम्बरमा बढुवा भएकी हुन् । इन्स्पेक्टरहरु चन्द, गुरुङ, श्रेष्ठ र लाबुङ २०६७ भदौ २४ मा प्रहरी निरीक्षकबाट सिधै नेपाल प्रहरीमा प्रवेश गरेका अधिकृत हुन् ।

    नेपालले समावेसी नीति लिएपछि महिला, विभिन्न समुदायको राज्य संरचनामा प्रतिनिधित्व हुँदै आएको छ । यी महिला प्रहरी अधिकृतहरु भने खुला प्रतिस्पर्धाबाट नै प्रहरी निरीक्षकमा आएका हुन् ।

    www.nagarikkhabar.com

    प्रतिकृया दिनुहोस्