Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/४ गते
    ५७ पटक
    काठमाडौं ।

    आइतबार थप तीन जना कोरोना संक्रमित थपिएका छन्। जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ।

    बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन्। उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन्। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९३ पुगेको छ।

    प्रतिकृया दिनुहोस्