Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/२/४ गते
    ४७ पटक
    काठमाडौं ।

    नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट राजपुर नगरपालिका फरहदवा ९ का ७ जना तथा रौतहटकै इशनाथ नगरपालिका वडा नम्बर ३ का तीन जना पुरुष गरि थप १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको छ । ३६ जना निको भएका छन् भने एक जनाको ज्यान गएको छ ।

    प्रतिकृया दिनुहोस्