Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/१/३० गते
    २२७ पटक
    सुर्खेत ।

    हतियारसहित प्रहरी जवान भागेपछि सुर्खेत प्रहरी वृत्तमा खैलाबैला मच्चिएको छ । सोमबार राती प्रहरी चौकी आग्रीगाउँमा ड्यूटिमा रहेका प्रहरी जवान हतियारसहित भागेका छन् ।

    प्रहरी जवान नरेन्द्र खड्का हतियारसहित भागेका हुन ।

    एक थान पेस्तोल र सात राउण्ड गोलीसहित भागेका प्रहरी जवानको खोजी कार्य जारी रहेको कर्णाली प्रहरी प्रदेश प्रमुख डिआइजी वसन्त कुमार पन्तले जानकारी दिनुभयो ।

    खोजीका लागि जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयबाट व्यापक प्रहरी परिचालन गरिएको छ ।

    प्रतिकृया दिनुहोस्