Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/१/२९ गते
    ९१ पटक
    एजेन्सी ।

    फिल्म ईन्डस्ट्री ग्ल्यामरको क्षेत्र हो । यद्यपी यो क्षेत्रमा टिकिरहन ग्ल्यामरले मात्रै सफलता हात लाग्दैन ।

    ब्यक्तिमा निहित कला यो क्षेत्रका लागि विशेष महत्वपूर्ण मानिन्छ । फिल्मी क्षेत्रलाई ग्ल्यामरको रुपमा मात्रै लिएर क्यारियर बनाउन चाहनेहरु थुप्रै छन ।

    त्यस्ता पात्रहरु पहिलो नजरमा दुनियाँबाट रुचाईन्छन पनि । तर त्यसपछिका अन्य प्रस्तुती र प्रयासहरुमा ओझेलमा परेका थुप्रै उदाहरणहरु देख्न पाईन्छ । यस्तै उदाहरण मध्येकी एक हुन, बलिउड नायिक अदा शर्मा ।

    आज आफ्नो जन्मदिन मनाईरहेकी अदा शर्माले सन २००८ मा रिलिज भएको विक्रम भट्टको फिल्म ‘१९२०’ बाट आफ्नो फिल्मी क्यारियर सुरु गरेकी थिईन ।

    यो एक हरर फिल्म थियो । यो फिल्ममा अदा शर्माले मुख्य भूमिका निभाएकी थिईन । फिल्म ‘१९२०’ मा अदाको अभिनयलाई निकै रुचाइएको थियो । यो फिल्मले बक्स अफिसमा राम्रै कमाई पनि गर्यो ।

    यो फिल्म अदाले सजिलै पाएकी भने हैनन् । उनले थुप्रै पटक अडिसन दिनु परेको थियो । कर्ली कपालका कारण अदाले केही फिल्ममा काम गर्ने अवसर गुमाउनु परेको तितो विगत पनि यिनको स्मरणमा ताजै रहेको छ ।

    फिल्म ‘१९२०’ पछि अदाले अर्को हरर फिल्म ‘फिर’ मा काम गरिन । तर यसले अदालाई फिल्म ईण्डस्ट्रीमा सफल नायिकाको रुपमा टिकाउन सकेन, अर्थात फिल्म फ्लप हुन पुग्यो ।

    अभिनय र नृत्यको शौखिन अदा शर्मा अहिले कोरोना भाईरस संक्रमण रोकथामका लागि जारी भएको लकडाउनमा घरमै बसेर विताईरहेकी छिन ।

    लकडाउनलाई अदाले आफ्ना तस्विरहरु ईन्स्ट्राग्राममा पोस्ट गर्ने अवसरका रुपमा पनि उपयोग गरिरहेकी छिन ।

    प्रतिकृया दिनुहोस्