Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/१/२२ गते
    ३५१ पटक
    नेपालगञ्ज ।

    सामाजिक संजालमा अफवाह फैलाउनेमाथि बाँके प्रशासनले कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार सूचना जारी गर्दै सामाजिक संजालमा कोरोना संक्रमणको भ्रामक सूचना फैलाउनेमाथि कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

    बाँके प्रहरीले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक सूचनाविना कुनैपनि सूचनाहरुमाथि बिश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

    कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि सरकारले बनाएको मापदण्डका आधारमा सूचना सम्प्रेसण तथा जानकारी दिने भएकोले कसैले पनि सामाजिक संजालमा भ्रामक र गलत सूचना प्रकाशन, प्रसारण, पोष्ट, शेयर र कमेन्ट नगरी दिन जिल्ला प्रहरीका प्रवक्ता शिवबहादुर सिंहद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

    जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचनामा सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने, खलल पार्ने, जात, धर्म, वर्ण, पेशा, लिङ्गका आधारमा कसैलाई लक्षित गरी समाचार प्रकाशन, प्रसारण नगरिदिन अनुरोधसमेत गरेको छ ।

    कसैले पनि यस प्रकारका कार्यमा गलत र भ्रामक सूचना प्रकाशित, प्रसारित गरे कानुनी कारवाहीसमेत गर्ने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्