Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/१/२२ गते
    ३५२ पटक
    नेपालगञ्ज ।

    बाँकेको नेपालगञ्जलाई निषेधित क्षेत्र घोषित गरिएको छ ।

    तीन दिनको फरकमा १६ जना कोरोना भाइरस संक्रमितहरु फेला परेपछि मंगलबारदेखि लागू हुने गरी तीनदिनसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

    कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी सर्वदलिय, सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको थियो ।

    मंगलबार बिहान ११ बजेदेखि बैशाख २५ गते मध्य रातिसम्म नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको नेकपा बाँकेका अध्यक्ष इन्द्रप्रसाद खरेल ‘आइपी’ले जानकारी दिए ।

    यो अवधीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कट्याक ट्रेसिङ र स्वाबं संकलनमा खटिनेहरुलाई आवातजावत गर्न पाइने छ ।

    प्रतिकृया दिनुहोस्