Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/१/२० गते
    २८३ पटक
    कोहलपुर ।

    सवारी दुर्घटनामा परेर बाँकेको कोहलपुरमा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएकी छिन् ।

    शनिबार दिउँसो साढे चार बजे एनटिभी चोकमा नेपाली सेनाको गाडि र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो भने पछाडि सवार एक गम्भिर घाइते भएकी हुन् ।

    जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका अनुसार बा २ झ ६३४१ नम्बरको सेनाको गाडि र भे ४ प ७६२० नम्बरको मोटरसाइकल ठोक्किदा उक्त दुर्घटना भएको हो ।

    दुर्घटनामा परेर मोटरसाइकल चालक कोहलपुर नगरपालिका २ का किरण भुषालको मृत्यु भएको छ भने बाँसगढी नगरपालिका ४ की प्रतिक्षा भुषाल गम्भिर घाइते भएकी छन् ।

    उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सेनाको गाडि र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस्