Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/१/१२ गते
    १४८ पटक
    एजेन्सी ।

    विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण गरिएको लकडाउनका कारण श्रीमान् श्रीमती घरमा साथमै भइरहने अवस्थामा जनसंख्या वृद्धि हुने सम्भावनालाई मध्यनजर गर्दै घरघरमै गएर परिवार नियोजनका साधन बाँड्न थालिएको छ ।

    भारत उत्तर प्रदेश अन्तरगतको स्थानीय सरकारले घरघरमै गएर नि:शुल्क कण्डम वितरण गर्न थालिएको भारतीय सञ्चारमाध्यमहरूले खबर सम्प्रेषण गरेका छन् ।

    उत्तर प्रदेशको बलियामा जिल्ला प्रशासनले घरघरमै गएर कण्डम लगायतका परिवार नियोजन कीट बाँड्न निर्देशन दिएको जनाइएको छ ।

    स्थानीय सरकारको निर्देशन पछि स्वास्थ कर्मचारीहरूको टिमले स्थानीयको घर घरमा गएर नि:शुल्क कण्डम सहितका परिवार नियोजनका अस्थायी साधनहरू बाँंडिरहेका छन् ।

    लकडाउन पछि जनसंख्या वृद्धि अर्को समस्याको रूपमा नआओस् भनेर यस्तो उपाय अपनाइएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्