Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/१/७ गते
    १२४ पटक
    नेपालगञ्ज ।

    बाँकेमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भए नभएको पत्ता लगाउन पिसिआर विधिबाट जाँच शुरु भएको छ ।

    भेरी अस्पताल नेपालगञ्जमा पिसिआर मेसिन जडान गरेर परिक्षणका लागि ल्याब तयार गरिएको मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश बहादुर थापाले जानकारी दिनुभयो ।

    आजबाट परिक्षणलाई तिब्रता दिइने उहाँले बताउनुभयो । यो सँगै अब बाँके र बर्दियाबाट संकलन गरिएका स्वाब परिक्षण गर्न सहज हुनेछ ।

    लगातारको प्रयासपछि शनिबार साँझ मेसिन जडान गरेर सञ्चालनमा ल्याइएको डा.थापाले बताउनुभयो ।

    एक दिनमा एक सय जनासम्मको नमुना परिक्षण गर्न सकिने अस्पतालले जनाएको छ । ल्याब नहुँदा बाँकेबाट स्वाब परिक्षण गर्न काठमाण्डौ र भैरहवा पठाउनुपर्ने बाध्यता थियो ।

    प्रतिकृया दिनुहोस्