Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७७/१/३ गते
    १०२ पटक

    स्वास्थ्य कार्यालयको पत्रमा भनिएको छ, ‘लकडाउन भन्दा अगाडी र लकडाउनको समयभित्र यसजिल्लामा भारत लगायत अन्य मुलुकबाट आएका सम्पूर्ण व्यक्तिहरुको परीक्षण गर्नुपर्ने भएकाले सोको लागि आवश्यक स्वास्थ्य निर्देशनालयबाट मागका लागि यसै साथ संलग्न फरम्याट बामेजिम बिवरण उपलब्ध गराईदिनु हुन अनुरोध छ ।’

    देशका विभिन्न ठाँउमा कोरोना संक्रमित मान्छे भेटिन थालेपछि परीक्षणलाई ब्यापक बनाउने सरकारले निर्णय गरेको छ । पछिल्लो समय लकडाउनलाई पूर्णताका साथ पालना गराउने र परीक्षणलाई ब्यापक बनाउने सरकारको रणनीति छ । बाँकेमा क्वारेन्टाइनमा रहेकाको आरडीटी विधिबाट कोरोना भाइरसको परीक्षण जारी छ ।

    बाँकेमा अहिलेसम्म ७६ जना शंकास्पद व्यक्तिको स्वाब प्रयोगशालामा परीक्षण गरिए पनि नेगेटिभ रिपोर्ट आएको छ भने आरडीटी विधिबाट गरिएको रिपोर्ट पनि नेगेटिभ आएको छ । यससँगै भारत र अन्य मुलुकबाट आएका सबैको परीक्षणका लागि आवश्यक स्वास्थ्य सामाग्री माग गरेर तयारी सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    1
    प्रतिकृया दिनुहोस्