Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१२/२५ गते
    २४० पटक
    प्रज्ञा के.सी.

    म लगातार दुई दिनको १२ घण्टाको ड्युटी पछि थकानमा थिँए । आज अलि ढिला निन्द्रा खुल्यो । निन्द्राबाट ब्युझिँए पछि शुरुमै मोबाईल अन गरेँ । शुरुमै देखेँ विश्व स्वास्थ्य दिवसको चर्चा । त्यसमा लेखिएको रहेछ, I support Nurse and Midwives ! यसले मलाई हर्षित बनायो । सम्झिए । कोरोना विरुद्ध युद्धमा मेरो भूमिका पनि महत्वपूर्ण छ ।

    अझ जोश र जाँगर थपियो । नर्सिङ क्षेत्रको भूमिका नबुझेको यस समाजमा बल्ल ज्ञानको दिप छाए जस्तो लाग्यो । सँधै पर्दा पछाडी रहेको यो पेशा आज अग्र स्थानमा देख्दा मनमा खुसी लागेको छ ।

    शायद फ्लोरेन्स नाईटेन्जल ( Florence Nightangle ) ले चाहेको नर्सिङ यस्तै थियो । आफ्नो कार्यको मुल्याङकन । कोरोना भाईरसको महामारी बढ्दै जाँदा मन पनि त्यति खुसी थिएन । यसको प्रभाव बढ्दै जादाँ अझ नेपाल जस्तो मुलुकमा ।

    अमेरीका, ईटाली , स्पेन, बेलायत जस्ता समृद्ध र राम्रो श्वास्थ्य व्यवस्था भएको देशमा त यो माहामारी आगो झैं फैलिएको छ र उनीहरुलाई कठिन भईरहेको छ यसको विरुद्ध युद्ध जीत्न । कति डाक्टर र नर्सहरुले नै ज्यान गुमाईसकेका छन् ती देशमा ।

    स्रोत साधनको अभाव भएको हाम्रो देशमा कोरोना त्यसरी नै फैलियो भने के होला ? अझ मलाई लाग्छ राज्यले यस समस्याको समाधानमा राज्यले प्रभावकारी रुपमा ध्यान दिएको जस्तो लाग्दैन ।

    यहाँ पिपिई ( पर्सनल प्रोटेक्टिभ ईक्वीपमेन्ट ) को अवस्था देख्दा अझ दुर्भाग्य लाग्यो ।

    जुन पिपिई स्वास्थ्यकर्मी र बिरामीलाई ल्याईएको थियो । त्यो जनप्रतिनिधहरुले लगाएर तस्वीर खिचेको दृष्य देख्दा जुन पिपिईबाट राज्यले स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न सक्दैन त्यसले कोरोना भाईरसबाट बिरामी र सर्वसाधारणलाई सुरक्षित राख्न सक्दैन जस्तो लाग्छ मलाई ।

    कर्मचारी , हाकिम र जनप्रतिनिधिको शरीरमा पिपिई तर स्वास्थ्यकर्मीलाई नहुने ?

    स्तव्ध भएर सोचेँ राज्यलाई हाम्रो आवस्यकता छ कहिले ? भनेर सबै जना घरमै थिए । म फेरी हतारमा थिँए । ड्युटी जान्न भन्न पनि नसकिने किनकि देशलाई हाम्रो खाँचो छ ।

    यो बेलामा हामीले बिरामीलाई पूर्ण तदारुकताका साथ सहयोग पुर्याउनु पर्छ भन्ने सोचका साथ म ड्युटी हिँडे । मलाई लाग्यो विना हात हतियार माक्सको भरमा म युद्धमा जाँदैछु । अस्पताल पुगे पछि माक्स र ग्लोभ्स लगाएर म काममा लागेँ ।

    मैले सोचे ति नगरपालिकाका जनप्रतिनिधि र प्राविधिकले लगाएको पिपिई कहाँ छ खै ? मेरो पेशाले गर्दा मैले बिरामी छुन्न भन्न मिल्दैन । त्यही सोच सहित म आफ्नो कर्तव्य पालनामा खटिरहेकी छु । मैले सोचे म युद्धमा जादा सबै रक्षा कवच बिर्सिएछु ।

    ड्युटी सकिए पछि म घर फर्किए र फेरी सोच्न बाध्य भँए मेरो परिवार किनकि मेरो पेशाले गर्दा मेरो परिवार सोच्न बाध्य भए ।

    त्यस पछि मेरो देश र परिवार सम्झिँए अनि देश परिवार सोच्दै ओछ्यानमा पल्टिए किनकि मैले फेरी भोली अर्को १२ घण्टाका लागि ड्युटी जानु थियो । यो अवस्थामा देशमा राज्यको अनुपस्थिति गहिरो महसुस गरेकी छु ।

    प्रज्ञा के.सी. त्रि.वि. शिक्षण अस्पतालमा नर्सको रुपमा कार्यरत छिन् ।

    प्रतिकृया दिनुहोस्