Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१२/२४ गते
    २३६ पटक
    एजेन्सी ।

    हरेक साझ जब द्दामका किरणहरु विलिन हुँदैजान्छन्, न्युजर्सीस्थित एक घरबाट वारियर अर्थात् योद्धा लेखिएको मास्क लगाएकी महिला बाहिरिन्छिन् । उनी हुन्, नर्स क्रिस्टियाना कालडेरोन ।

    अस्पतालमा उनको रात्रिकालीन ड्युटी छ । हप्तौँदेखि लगाएको मास्क लगाउँछिन् र नानीबाबुलाई गुडबाई भन्दै अस्पतातर्फ पाइलाहरु अघि बढाउछिन् ।

    कोरोना भाइरस महामारीविरुद्धको युद्धमा लडेकी योद्धाको प्रतिबिम्बस्वरूप उनले मास्कमा वारियर लेखेकी छन्।

    उनी भन्छिन्, ‘हामीले युद्धको सामना गरेको हुनाले मैले मास्कमा योद्धा लेखेकी हुँ, हामी एउटा अज्ञात, अदृश्य र अप्रत्यासित शत्रुविरुद्ध लडिरहेका छौँ । सबैजना युद्धको मोडमा छौँ । चिकित्सक, नर्स र सबैजना युद्धमा छौँ ।’

    ४० वर्षीय कालडेरोन नू न्युयोर्कको प्रेसबाइटेरियन अस्पतालको आइसियू वार्डमा काम गर्छिन् । कालडेरोन आइसियूमा १५ वर्षदेखि नर्सका रूपमा कार्यरत छिन् ।

    न्युयोर्क अमेरिकाको महामारीको केन्द्रबिन्दुको रुपमा छ । न्युयोर्कमा आइतबार एकैदिन ६ सयको मृत्यु भएको थियो । अहिलेसम्म त्यहाँ संक्रमितको संख्या १ लाख नाघेको छ ।

    कालडेरोना भन्छिन्, मैले नर्सको काम गरेको १५ बर्ष भयो, अहिलेसम्म यस्तो भयावह अवस्था देखेकी थिइनँ । म आफैँ विदेशी भूमिमा रहेजस्तो लाग्छ, यो काम शारीरिक अनि भावनात्मक रूपमा निकै कठिन छ ।’

    उनी दुई सन्तानकी आमा हुन् । न्युयोर्कको प्रेसबाइटेरियन अस्पताल कोलम्बिया युनिर्भ्सिटीमा नर्सहरूको एउटा टिमको नेतृत्व गर्छिन् । कोरोनाका गम्भीर बिरामीलाई आपत्कालीन वार्डबाट उनको वार्डमा लगिन्छ । सबै बिरामी भेन्टिलेटरको सहयोगमा जीवनसँग संघर्ष गरिरहेका छन् । पछिल्लो सातामा उनको वार्डमा धान्नै नसक्ने बिरामी कोरोनासँगलडिरहे ।

    ‘हाम्रो युनिटमा हरेक दिन कम्तीमा एकजना बिरामीको मृत्यु हुन्छ ।’ उनी भन्छिन्, ‘ मैले चारजना बिरामी हेर्छु । भोलिपल्ट आउँदा एकजना घटिसकेको हुन्छ । म साँझमा आउँदा बिहानै एक बिरामीको मत्यु भइसकेको हुन्छ ।’

    अस्पतालबाहिर भित्रभन्दा झनै विभत्स दृश्य देखिन्छ । उनको भनाइमा कमजोर मुटु भएकाले सो दृश्य देख्नै सक्दैनन् । अस्पतालको एउटा पार्कमा एउटा अस्थायी अस्पताल छ । सेतो टेन्टभित्रको एउटा अस्थायी मुर्दाघरमा शवका डंगुर छन् ।

    शवसँगै अर्को छेउमा शव चिस्याएर राख्ने सुविधायुक्त केही ट्रक छन् । अस्पतालबाट मृत्यु भएका व्यक्तिको शव सबैभन्दा पहिला तिनै ट्रकमा हालिन्छ । आकस्मिक वार्डबाहिरको सडकमा रातो र निलो बत्ती बालेका एम्बुलेन्स छन् । कोरोनाका बिरामी ल्याएका ती एम्बुलेन्सले सडकबाटै अस्पतालमा पालो कुरिरहेका छन् । माथिबाट मानिसको मृत्यु भएपछि सम्भवतः उनीहरूको पालो आउँछ ।

    आइसियूबाट शव झारेपछि बिरामीलाई उपचारका लागि माथि लगिन्छ । उपचारको खोजीमा अस्पतालमा आएको भिडले अस्पताल स्वयं एउटा ठूलो प्रदर्शनी हलजस्तो देखिन्छ ।

    अस्पतालबाहिरको दृश्य भित्रभन्दा झनै विभत्स छ । कमजोर मुटु भएकाले सो दृश्य पचाउन सक्दैनन् । आकस्मिक वार्डबाहिर बिरामी बोकेका एम्बुलेन्सले सडकबाटै अस्पतालमा पालो कुरिरहेका छन् । माथिबाट मानिसको मृत्यु भएपछि एम्बुलेन्सभित्रका मानिसको पालो आउँछ ।

    अझ अस्पतालका डाक्टर, चिकित्सक, नर्स र अन्य कर्मचारी संक्रमित हुन थालेपछि बिरामीको बिजोक हुन थालेको छ । गत साता माउन्ट सियानी वेस्ट अस्पतालकी एक नर्सको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । मृत्यु हुनुभन्दा केही दिन अघिसम्म ४८ वर्षीया कियोस केलीले आफूहरूलाई अस्पतालले प्रोटेक्टिभ इक्विपमेन्ट नदिएको गुनासो गरेकी थिइन् ।

    कालडेरोनका तीनजना सहकर्मी, एक शल्यचिकित्सक, नर्स र एनाथेसिओलोजिस्टमा नै कोरोना संक्रमण भएको छ । दुईजनाको आफैँले काम गर्ने वार्डमा उपचार भइरहेको छ । ‘उनीहरूको अवस्था देख्दा आफ्नै मुटु छियाछिया भएर आउँछ, उनी भन्छिन् ‘केही दिन अघिसम्म उनीहरूसँगै म काम गर्थेँ । अहिले उनीहरू हाम्रा बिरामी बनेका छन् ।’

    कालडेरोनका पति पनि नर्स हुन् । उनी अहिले संक्रमित छन् र घरमै आराम गरिरहेका छन् । उनकी आमा सेवानिवृत्त नर्स हुन् । उनमा पनि कोरोनाको मझौला लक्षण देखिएका छन् ।

    सहरका हजारौँ स्वास्थ्यकर्मीजस्तै महामारीले उनको जीवनमा ठूलो उथलपुथल ल्याएको छ । महामारीको समयमा अन्य अभिभावकले पनि कष्ट पाएका छन् । विद्यालय बन्द छ । १२ घन्टे ड्युटी सकेर कालडेरोनले आफ्ना बालबालिकालाई घरबाटै अनलाइन शिक्षाको व्यवस्था गरेकी छिन् ।

    त्यसबाहेक आफ्नो कामसँगको तनावले उनलाई गाँजेको छ । अस्पतालबाट घर आउँदा आफूमा पनि भाइरस सरेको त छैन भन्ने शंकाले उनको दिमागलाई दिनभर घोचिरहन्छ ।

    आफू संक्रमित भए पनि बालबालिकालाई जोगाउन सके पनि ठूलै उपलब्धि हुने उनको सोच छ ।
    उनीहरूलाई संक्रमणबाट जोगाउन सकभर उनी बालबालिकासँग नजिक पर्दिनन् ।

    ‘म ढोकाभित्र छिर्ने्बित्तिकै सबै चिज आएको हुन्छ । म बाथरुमतिर दौडन्छु । शिरदेखि पैतालासम्म नुहाउँछु । नयाँ लुगा र मास्क लगाएर परिवारका सदस्यसँग बोल्छु ।’

    उनी भन्छिन्, ‘सूर्यास्तपछि घरबाट निस्कनुअघि छोराछोरीलाई अँगालोमा बेर्छु, मलाई थाहा छ, मेरो पेसाकै कारण कुनै पनि दिन उनीहरूलाई फेरि अंकमाल गर्न नपाउन सक्छु ।’

    प्रतिकृया दिनुहोस्