Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१२/८ गते
    १०२ पटक
    नेपालगञ्ज ।

    बाँकेको राप्तीसोनारी गाउँपालिका २ मा रहेको एक माछा पोखरीमा मगर मोछ गोहि फेला परेको छ ।

    कचनापुरमा रहेको पुर्व मन्त्री प्रेम बहादुर भण्डारीले गरेको सपोर्ट माछापालन केन्द्रको एउटा पोखरीमा शनिबार दिउँसो मगर मोछ गोहि फेला परेको स्थानीय पत्रकार हेमन्त चौधरीले जानकारी दिए ।

    माछा पोखरीमा फेला परेको गोहिलाई बाँके राष्ट्रिय निकुञ्ज, नेपाली सेना, शसस्त्र प्रहरी, प्रहरी चौकी अगैयाको रोहबरमा शनिबार नै राप्ती नदीमा छोडिएको उनले बताए ।

    माछा पोखरीमा फेला परेको गोही ४ फुट लामो रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्