Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१२/८ गते
    १०० पटक
    कोहलपुर ।

    बाँकेको कोहलपुर नगरपालिका, ८ पिपिरीको एक घरमा शनिबार बेलुका आगलागी भएको छ ।

    स्थानीय मान बहादुर पाण्डेको घरमा रहेको एक पसलमा आगलागी भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

    दुई तले घरमा रहेको शुभकामना फेन्सी स्टोरबाट सल्कीएको आगो घरमा फैलन नपाउँदै स्थानियहरुले नियन्त्रणको प्रयास गरेका थिए । आगलागीबाट पसल सञ्चालक पशुपती लम्साल सामान्य घाईते भएको कोहलपुर प्रहरीले जनाएको छ ।

    उनको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । आगलागी प्रहरी, स्थानिय र नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

    पसलभित्र पानी तताउने क्रममा आगो सल्कीएको बताईएपनि आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीबाट पसल पूर्णरुपमा ध्वस्त भएको छ । क्षतीको विवरण आइतबार मात्र आउने कोहलपुर प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्