Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१२/८ गते
    १०९ पटक
    नेपालगन्ज ।

    आइतबार देखि नेपालगन्ज बजार बन्द गरिने भएको छ । त्यसैगरी नेपाल-भारत सिमामा पर्ने नेपालगन्जको जमुनाह नाका पुर्ण रुपमा बन्द गर्नका लागि पहल गरिने भएको छ ।

    शनिबार बाँकेका प्रजिअ कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको कोरोना भाइरस विरुद्धको जिल्ला स्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले जानकारी गराइन ।

    बैठकमा नेपालगन्ज बजार बन्द गर्ने, ठाउँ ठाउँमा स्थानीय तहका वडा स्तरमा क्वारेन्टाइनको व्यवस्थापन गर्ने, आइशुलेसन वार्डका लागि प्रदेश सरकारले निर्णय गरेको खजुरा क्यान्सर अस्पताल र लायन्स डेन्टल अस्पताललाई तत्काल व्यवस्थापन गर्ने, संघीय सरकारको निर्णयलाई कडाइका साथ लागू गराउने जस्ता निर्णय भएको उपमेयर थापामगरले जानकारी गराइन ।

    जमुनाह नाका पुर्ण रुपमा बन्द गर्नका लागि माथिल्लो निकायमा कुटनैतिक पहल गर्नका लागि अनुरोध गर्ने निर्णय भएको उनले बताइन । संक्रमीत बिरामी तथा स्वास्थ्यकर्मी समेतलाई बस्नका लागि लायन्स डेन्टल अस्पतालमा ४० बेड सहितको आइशुलेसन वार्ड व्यवस्थापनका लागि आजैदेखी काम शुरु गरिएको उनले जानकारी गराइन ।

    अत्यावश्यक सामानहरु जस्तै: खाद्यान्न, औषधि, तरकारी, पेट्रोल पम्प लगायत बाहेकका सम्पुर्ण पसल, उद्योग, कलकारखानाहरु बन्द गर्ने र भाटभटेनी सुपरमार्केटबाट पनि खाद्यान्न बाहेकका सम्पुर्ण सेवा बन्द हुने भएको छ । बजार बन्द गराउनका लागि भोलि बिहानदेखी माईकिङ्ग सहितको सुचना जारी गरिने बताइएको छ ।

    www.kanchulikhabar.com

    प्रतिकृया दिनुहोस्