Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१२/७ गते
    ५५ पटक
    नेपालगञ्ज ।

    नेपालगञ्ज उद्योग वाणिज्य संघले ‘बिपद्कालिन राहात कोष’ निर्माण गर्दै सो कोषमा दुईलाख बढी जम्मा गरेको छ ।

    विश्वमा भयावह रुपमा फैलिएको कोरोना संक्रमणकाबिरुद्ध जुध्नका लागि भइ रहेका तयारीमा कुनै पनि कमी आउन नदिन शुक्रवार ‘बिपद्कालिन राहात कोष’ निर्माण गरेको संघले सो राहात कोषमा २ लाख १५ हजार ७ सय ११ रकम जम्मा गरेको हो ।

    संघको तर्फबाट रु १ लाख १ हजार १ सय ११ र संघका पदाधिकारी एवं कार्यसमितिका सदस्यको व्यक्तिगत तर्फबाट रु १ लाख १४ हजार ६ सय रुपैया जम्मा गरिएको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिए । उनले ग्लोबल आईएमई बैंकमा खाता खोलेर संघले राहात कोष कार्यान्वयन गरेको बताए ।

    संघले उद्योगी व्यवसायी, सामाजिकक्षेत्र एवं बिभिन्न पेशागत संघसंगठनलाई आर्थिक सहयोग गर्न आह्वान गरेको छ । आर्थिक सहयोग गर्न चाहाने उद्योगी, व्यवसायीले ग्लोबल आईएमई बैंक, त्रिभुवनचोक शाखामा रहेको चल्ती खाता नं. २१०१०१०००८६६ मा रकम जम्मा गर्न सक्ने अध्यक्ष मन्सुरीले बताए ।

    कोषमा जम्मा भएको रकम कोराना भाइरस बिरुद्ध भइरहेको आवश्यक तयारी खर्च गरिने संघले जनाएको छ । कोषमा जम्मा हुने रकम सार्वजनिक गरिने छ ।

    कस्ले कति सहयोग गरे ?
    अध्यक्ष अब्दुल वाहिद मन्सुरी : १,५१००/–
    निर्वतमान अध्यक्ष नन्दलाल बैश्य : ११,००० /–
    प्रथम उपाध्यक्ष आदेशकुमार अग्रवाल : ५,१००/–
    द्वितिय उपाध्यक्ष अमितकुमार बस्नेत : ५,१००/–
    महासचिव चिरञ्जीवी ओली : ५,५००/–
    उपमहासचिव धर्मराज अर्याल : ५,०००/–
    कोषाध्यक्ष हरिलाल न्यौपाने : ५,०००/–
    प्रवक्ता टंकबहादुर धामी : ५,०००/–
    कार्यसमिति सदस्यहरु
    मन्दिरा पाण्डे : २,१००/–
    बिजय भण्डारी : ५,१००/–
    टंक प्रसाद शर्मा : ५,०००/–
    बिष्णु प्रसाद श्रेष्ठ : ३,०००/–
    भीमबहादुर रानाभाट : ५,१००/–
    टेकबहादुर खड्का : ५,१००/–
    एशोसिएसट सदस्य दिपेन्द्र बिष्ट : ११,००० /–
    भीमलाल कँडेल : २,१००/–
    बरिष्ठ सदस्य बसन्त लामिछाने : ५,०००/–
    पार्वती आचार्य : ५,०००/–
    उषा कुमारी थापाक्षेत्री: २,१००/–
    निरज गौतम : ५,१००/–
    सुनिल कुमार बनिया : २,१००/–

    प्रतिकृया दिनुहोस्