Paschim News

  • पश्चिमन्यूज संवाददाता प्रकाशित : २०७६/१२/५ गते
    १८५ पटक

    नेपालसँग सीमा जोडिएको भारतीय सहर लखनउमा एक डाक्टरलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।

    भारतीय सञ्चार माध्यमहरुका अनुसार उनलाई उपचारका लागि किङ जर्ज मेडिकल कलेज भर्ना गरिएको छ। उनी सोही मेडिकल कलेज अस्पतालमा कोरोना संक्रमितहरुको उपचारमा परिचालन भएकी जुनियर डाक्टर हुन्।

    उपचारमा संलग्न जुनियर डाक्टरलाई संक्रमण देखिएपछि अन्य डाक्टरहरुले सुरक्षाको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन्।

    संक्रमित ती डाक्टरका नातेदारलाई समेत निगरानीमा राखिएको छ। क्यानडाबाट आए लगत्तै उनलाई कोरोना संक्रमण देखिएको हो। नेपालको नेपालगञ्जभन्दा पारिको लखनउ सहर उत्तर प्रदेश ९युपी० को केन्द्र हो। योसँगै लखनउमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ।

    अस्पतालको मेडिसिन विभागका प्राध्यापक डा।डी। हिमांसुका अनुसार डाक्टर महिलाका पतिलाई पनि निगरानीमा लिइएको छ। स्वास्थ्य जाँचमा उनमा कोरोना संक्रमण देखिएको छैन।

    प्रतिकृया दिनुहोस्